काठमाडौं ।
नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । अब सरकारले बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् । पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् र उनीसँगै अवकाश पाउने छन् ।