७ फागुन २०७८, काठमाडौं ।
सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले संशोधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उहाँले बताउनुभयो । तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताउनुभयो ।
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा ९एस०ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद्मा टेबुल गर्न नदिने अडान लिएका थिए ।