Google search engine

च्यासल रेलिगेसनमा पर्ने पहिलो टिम

७ फागुन २०७८, काठमाडौं ।

शिर्ष डिभिजनमा उक्लिएको तीन सिजनमा नै च्यासल युथ क्लव पुनः बी डिभिजनमा झरेको छ । जारी सिजनको सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा पर्ने च्यासल पहिलो टिम बनेको छ । लिगको १२ औं चरणको खेलमा फ्रेन्ड्स क्लवसँग दुई एकले पराजित भएपछि च्यासल बी डिभिजनमा घटुवा भएको हो ।

 

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा च्यासलले दबाव दिएपनि गोल गर्न सकेन । खेलको ३० औं मिनेटमा च्यासलका बिकाश मिराग्लियाले उत्कृष्ट मौका खेर फाले । उनको प्रहार बारमा लागेर फर्किएको थियो । जसका कारण च्यासलका खेलाडी चुकचुकाउन पुगेका थिए ।

३७ औं मिनेटमा फ्रेन्ड्सले खेलमा अग्रता बनायो । उसका नाथानियल गार्सियाको पासमा जमोउल एन्थोनीले गोल गर्न सफल भए । उनले गोलकिपर आफ्नो पोजिसनबाट बाहिर रहेको मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

४० औं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी पायो । च्यासलका अभिशेख लिम्बुले जमोउल एन्थोनीलाई डिबक्समा पुस फल गरेपछि पाएको पेनाल्टीलाई जमोउल एन्थोनीले नै गोल गर्न सफल भए । उनको जारी लिगमा गोल संख्या चार पुगेको छ । उनी फ्रेन्ड्सका लागि धेरै गोल गर्ने खेलाडी हुन ।


पहिलो हाफको अन्तिममा च्यासलका कमल श्रेष्ठको लामो दुरीको प्रहारलाई फ्रेन्ड्सका राहुल यादवले बचाए ।

पहिलो हाफको इन्जुरी समयमा एन्थोनीको प्रहारलाई च्यासलका गोलकिपर प्रदिप भण्डारीले बचाए ।

पहिलो हाफमा दुई गोलले पछाडी परेको च्यासलले खेलको ५५ औं मिनेटमा पेनाल्टी पायो । फ्रेन्ड्सका गोलकिपर राहुल यादवले च्यासलका राजिभ लोप्चाङलाई फल गरेपछि पाएको पेनाल्टीलाई मोउसा अबागानले गोल गर्न सफल भए । उनको जारी लिगमा दोस्रो गोल हो ।

त्यसपछि पनि च्यासलले खेलमा फर्कनका लागि निकै प्रयास गरेपनि गोल गर्न सकेन र रेलिगेट हुने पहिलो टिम बनेको छ । २०१६ मा शिर्ष डिभिजनमा उक्लिएको च्यासल २०१८ र १९ को सिजनमा आठौं स्थानमा रहेको थियो भने २०१९ र २० को सिजनमा नबौं स्थानमा रहेको थियो ।

जारी लिगमा च्यासलले १२ खेलसम्म मात्र एक खेलमा जित निकाल्दा आठ खेलमा हार ब्यहोर्यो भने तीन खेलमा बराबरी गरेको थियो । उसले लिगमा २१ गोल खाँदा पाँच गोल गरेको थियो ।

यो जितले फ्रेन्ड्स क्लवले रेलिगेसनबाट बच्ने संभावना बढाएको छ । उसको १२ खेलमा दुई जितका साथ १० अंक भएको छ

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय