Google search engine

ब्राजिलमा बाढीमा परि ९४ जनाको मृत्यु, महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति

 

५ फागुन २०७८
एजेन्सी ।

ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । बाढीले हजारौँ नागरिक प्रभावित भएका छन् ।

रियो दि जिनेरियोको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो।

पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन् । रियो दि जिनेरियो राज्यका गभर्नरले सन् १९३२ पछिको यो ठूलो वर्षा भएको बताएका छन्।

महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उद्दत गरी बीबीसीले जनाएको छ । हिलो मिसिएको भेल घरमा पसेको छ।

उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रोपोलिस नगरप्रमुखको कार्यालयले जनाएको छ ।

विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् । तातो वायुमण्डलमा बढी पानी हुने भएकाले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ । पेट्रोपोलिस एउटा पर्यटकीय गन्तव्य हो तर पछिल्लो समय भूक्षयको जोखिममा रहेको छ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine