Google search engine

बेलायतले दियो कोरोनाविरुद्धको २१ लाख डोज खोप

५ फाल्गुन २०७८, काठमाडौं ।
बेलायत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको २१ लाख डोज खोप सहयोग गरेको छ ।

मन्त्रालयमा बिहीबार भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले खोप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सचिव डा.रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायतको उपस्थिति थियो ।

त्यसक्रममा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine