Google search engine

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १ सय ६ पुग्यो, तीन नयाँ दल थपिए

५ फाल्गुन २०७८, काठमाडौं ।
निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ । आयोगमा तीन दल थपिएसँगै राजनीतिक दलको संख्या १ सय ६ पुगेको हो ।

जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ ।

निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई फागुन १५ गतेभित्र दल दर्ता गराउनसमेत आयोगले आह्वान गरेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय