Google search engine

एमालेका ५ सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार

२ फागुन २०७८, काठमाडौं ।
नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो । तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । सांसदहरू रावल, भूसालसहित दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन् ।

उपस्थितिमा हस्ताक्षर गरेको तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए । भीम रावलले बैठकमा उपस्थितिको माइन्युटमा हस्ताक्षर गर्दै छेउमा ‘बैठक प्रयोजनका लागि’ भनेर लेखेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय