२ फागुन २०७८, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी २० क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । उनले २९ खेलमा ५० विकेटको कोशे ढुंगा छोएका हुन् ।
आजको खेलमा आयरल्यान्डका जर्ज डोकरेलको विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बलर बनेका छन् ।
करण केसी पनि टी–२० मा ५० विकेटको नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् ।
योसँगै सन्दीप टी–२० मा छिटो ९कम खेलमा० ५० विकेट लिने बलरको तेस्रो नम्बरमा परेका छन् । सन्दीपले २९ खेलमा यो उपलब्धि हात पारेका हुन् ।
यो सूचीको पहिलो नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दोस्रो नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् ।