Google search engine

थपिए ७४७ संक्रमित, २ हजार ३१९ निको, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७४७ संक्रमित थपिए, ८ जनाको मृत्यु

२ फाल्गुन २०७८, काठमाडौं

देशभर पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ ।

८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन् ।

आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ । अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन्।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय