Google search engine

नेप्सेमा १०१ अंकको गिरावट

१ फाल्गुन २०७८, काठमाडौं।
साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंक भन्दा बढीले गिरावट भएको छ ।

एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.२६ अंकले घटेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ५।४७ प्रतिशतले गिरावट आएको छ । लगानी उपसमूहको परिसूचक ५।०३ प्रतिशत र विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

कारोबारमा आएका २२७ कम्पनीमध्ये आइतबार २२१ कम्पनीको शेयरमूल्यमा उच्च अंकले गिरावट आएको छ । अपर तामाकोशीको शेयरमूल्य सबैभन्दा बढी ८.३७ प्रतिशत घटेको छ । ्

कारोबार रकमका आधारमा ३२ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । अरुण हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर र अपि पावरको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine