Google search engine

महाअभियोग लागेको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

१ फागुन २०७८,काठमाण्डौ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन् । संसद् सचिवालयले राणा निलम्बनमा परेको सूचना प्रकाशित गरेसँगै जबरा पत्र बुझेर अदालतबाट बाहिरिएका हुन ।

प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

जबरालाई रजिस्टारहरू लालबहादुर कुँवर र नारायण पन्थीले गेटसम्म आएर बिदाइ गरेका थिए । जबरा घर फर्किँदा उहाँ चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हालेका हुन । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजाल लगायत गठबन्धनका ९५ जना सांसदको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine