Google search engine

काठमाडौंमा फेरीयो स्मार्ट लकडाउनको प्रारुप

सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आइतवार मध्यरातदेखि हटेको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सवारी साधनको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

 

प्रशासनले यसअघि माघ पहिलो सातादेखि जोर बिजोर लागू गरेको थियो। माघ १४ गतेदेखि सार्वजनिक सवारीको जोर बिजोर प्रणाली भने हटाइएको थियो।

साथै बैठकले फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सक्ने निर्णय गरेको छ।

स्वास्थ्य मापदण्ड अपनाएर फागुन १ गतेबाट परीक्षा सञ्चालनको अनुमति दिने पनि निर्णय भएको छ।

आमसभा, मेला, जुलुस, भेला, महोत्सवमा लगाइएको रोक भने यथावत छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय