२३ माघ २०७८, काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर/बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ ।
कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोररबिजोर हटाउन सिफारिस गरेको हो ।
अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
कोरोना संक्रमण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।
रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको बताइएको छ ।