Google search engine

लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन, भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

२३ माघ २०७८, काठमाडौं ।
भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मल्टी अर्गान फेलरुका कारण मंगेसकरको आज निधन हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको उपचार थालिएको थियो ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।

उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।

यसैबीच वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरको निधनमा आइतवार र सोमवार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएको छ ।

यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घोषणा गर्नुभएको छ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय