Google search engine

बिइङ ह्युमनका संचालकले राजस्व छलेर ल्याएका कपडादेखि कस्मेटिकसम्म भेटियो

१७ माघ २०७८, काठमाडौं
राजश्व छलेर रक्सी नेपाल भित्र्याएको प्रकरणमा पक्राउ परेका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेलले राजस्व छली गरेर अन्य सामानहरु पनि भारतबाट नेपाल ल्याउने गरेको खुलेको छ।

महानगरीय अपराध महाशाखाले थप अनुसन्धानका क्रममा कपडादेखि कस्मेटिकसम्म राजश्व छलेर ल्याउने गरेको खुलेको हो। बख्रेलले नयाँ बजार खुसिबुँमा घर नै भाडामा लिएर सुर्तीजन्य सामाग्रीदेखि कस्मेटिक्स समेत स्टोर गरेको अवस्थामा फेला पारेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रहरीले घरमा भण्डार गरी राखेको सुर्तीजन्य पदार्थ, कस्मेटिक्स आदि सबै गरी ५० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। सुर्तीको धुलो २५ सय किलो, सुपर पावर सुर्तीको खोल रहेको २९ वटा बोरा, डोब स्याम्पु र साबुनको ९७ वटा कार्टुन, विभिन्न चुरोट र ३० पिस लेडिज कुर्ता समेत भेटिएको हो। थप अनुसन्धानका लागि महाशाखाले सामानसहित पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय पठाएको छ।

पर्साका ३९ वर्षीय बख्रेल प्रहरीको प्रारम्भीक अनुसन्धानमा लागु औषधको कारोबारमा संलग्न भएर प्रहरीले खोजी गरेका व्यक्ति भएको खुलेको थियो। सुत्केरी हुँदा प्रयोग हुने निषेधित औषधी ट्रामाडोल कारोमारमा संलग्न भएको खुलेको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए।

बिइङ ह्युमनको हालका संचालक उनी नै भएको महाशाखाका एक प्रहरीले जानकारी दिए। डेढ वर्षअघि लागु औषध नियन्त्रण व्यूरोले ट्रामाडोल सहित केही मानिसलाई नियन्त्रणमा लिएको थियो। जसमा सन्तोषको समेत नाम पनि थियो। व्यूरोले थप अनुसन्धानका लागि औषधी विभागलाई जानकारी समेत दिएको छ।

शुक्रवार प्रहरीले छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सी बरामद भएको थियो। भारतबाट राजश्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा सप्लाइ हुँदै आएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

उनीसँगै पक्राउ पर्नेहरुमा ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन, ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन्। रवि भन्ने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिकर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर कारोबार गरेको देखिएको छ। भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सी आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गरेको थियो।

रवि भनिने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषले विगत ३ महिना अघि १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याएर बिक्री वितरण गरेको देखिएको छ। सन्तोषले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिकर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर कारोबार गरेको देखिएको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय