Google search engine

सलमानलाई निर्मलको नेपाल आउँने निम्तो

१६ माघ २०७८
बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।

भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ । भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् ।

यसअघि दबङ रिलोेडेड कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो । आयोजकले सलमान नेपाल आउने भन्दै थुप्रै पैसा समेत उठाएको थियो । तर कार्यक्रम विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय