Google search engine

लता मंगेशकरको स्वास्थ्यमा सुधार

१६ माघ २०७८
वरिष्ठ भारतीय गायिका लतामंगेशकर स्वास्थ्यमा सुधार आएको छ । उनको अहिले भेन्टीलेटर हटाइएको छ । तर उनी अझै आईसीयूमा रहेकी छन् ।

 

समाचारका अनुसार उनको कोरोना रिपोटसमेत नेगेटिभ आएको छ । ९२ वर्षीय लता मंगेशकर लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट ९आईसीयू० मा राखेर उपचार सुरु गरिएको थियो ।

अस्पतालका एसोसिएट प्रोफेसर डा। प्रतीत समदानीले न्युज एजेन्सीलाई भनेका छन्, ‘लता मंगेशकर दुई दिनदेखि भेन्टीलेटर बाहिर छिन् । तर अहिले पनि निगरानीमा छिन् । स्वास्थ्मा सुधार भएको कारण उनको भेन्टीलेटर हटाइएको हो । उनको अहिले पनि आइसीयुमा भइरहेको छ ।

भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय