Google search engine

यस वर्षको भैरव पुरस्कार तीन स्रष्टालाई दिइने

१६ माघ २०७८, काठमाडौं

नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।

जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने छ । यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ छ ।

नेपाली कला, साहित्य, संस्कृति, संगीत, पत्रकारितालगायत क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई अब बर्सेनि यो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले जानकारी दिए ।

त्यस्तै ५५ हजार ५५५ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार बिमल भौकाजीलाई प्रदान गरिने भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय