Google search engine

कैलालीमा शीतलहरले जनजीवन प्रभावित

१६ माघ २०७८, धनगढी ।
कैलालीमा शीतलहरले जनजीवन प्रभावित भएको छ । आइतबार विहानैदेखि लागेको शीतलहर र हुस्सुका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको हो । शनिबार हल्का घाम लागे पनि शीतलहर र हुस्सुका कारण आइतबार दिनभरि घाम लाग्न सकेको छैन । चिसोले गर्दा मान्छेलाई नियमित कामकाज गर्न समस्या भएको छ । जाडो छल्न विभिन्न ठाउँमा आगो बालेर स्थानीयहरु ताप्न थालेका छन् ।

शीतलहरले मान्छेलाई मात्रै समस्या नभइ घरपालुवा जनावर, आलु खेतीलाई पनि असर गरेको छ । यो वर्ष धेरैजसो किसानको आलुखेती डढुवा रोगले सोत्तर भएको छ । शीतलहरले आलु नष्ट गरेको स्थानीय ठाकुरप्रसाद करियाप्रधानले बताउनुभयो ।

कैलालीमा यो वर्ष जनवरीमा सबैभन्दा चिसो भइरहेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

यसैबीच, बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलमा काठमाडौं–धनगढी उडान प्रभावित भएको छ । हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि हवाई उडान हुन नसकेको हो । हुस्सुका कारण आइतबार हवाई उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine