Google search engine

शेयर बजारमा १०५ अंकको फराकिलो वृद्धि

१६ माघ २०७८, काठमाडौं
साताको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ। शेयर बजार परिसूचक नेप्से आइतवार एक सय पाँच दशमलव ५५ अङ्कले बढेर दुई हजार आठ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

यस दिन दुई सय ३१ कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दुई सय ३१ मध्ये ११ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।

हिजो शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सकारात्मक खबरले शेयर बजार बढेको हुन सक्ने विश्लेषकहरूले बताएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय