फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । कप्तान लियोनल मेस्सीलाई बाहिर राख्दै विश्वकप छनोटका लागि अर्जेन्टिनाको टिम बनाइएको थियो ।
अर्जेन्टिनाले आज विहान सकिएको खेलमा चिलीमाथि २–१ गोल अन्तरको जीत पक्का गरेको हो । जीतसँगै अपराजित रहेको अर्जेन्टिना ३२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना पनि ब्राजिलसँगै यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ ।
चिलीविरुद्ध अर्जेन्टिनालाई जिताउनका लागि एन्जल डि मारिया र लाउटारो मार्टिनेजले एक एक गोल गरेको थिए । उता चिलीका लागि बेन ब्रेन्टनले एक गोल फर्काए ।
मारियाको गोलको मद्दतले नबौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । तर २० औं मिनेटमा ब्रेन्टनले गोल गर्दै चीलीलाई खेलमा फर्काएका थिए ।
३४ औं मिनटेमा मार्टिनेजले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना २–१ ले अघि रहेको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै अर्जेन्टिना विजयी भयो । अर्जेन्टिना र ब्राजिल जारी विश्वकप छनोटमा अपराजित रहेका छन् ।
यस्तै आजै भएको अर्को खेलमा पेरुमाथि उरुग्वेले १-० गोलको जीत दर्ता गरेको छ । उरुग्वेको जितमा लुइस सुवारेजले गोल गरेका हुन् । जितपछि उरुग्वे तालिकाको चौथो स्थानमा उक्लिएको छ ।