Google search engine

नयाँ बनाएपछि पुरानाे राहदानी प्रयोग नगर्न विभागकाे अनुरोध

माघ १४, २०७८, काठमाण्डौ
नयाँ राहदानी बनाएपछि हराएको वा चोरी भएको राहदानी भेटिएमा त्यसको प्रयोग गरी यात्रा नगर्न राहदानी विभागले अनुरोध गरेको छ ।

हराएर, चोरी भएर वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेपछि त्यसबाट यात्रा गरेमा कारबाही समेत हुन सक्ने विभागले जनाएको छ । विभागले एक सूचना जारी गर्दै नयाँ राहदानी बनाएपछि नयाँ मात्र प्रयोग गर्न भनेको हो ।

पछिल्लो समय विभागले विद्युतीय राहदानी जारी गरिरहेको छ । तर विभागले कोरोना महामारीको कारण गएको पुस ३० गतेदेखि राहदानी सम्बन्धी सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक कामका लागि बाहेक विभागले राहदानी जारी गर्ने छैन ।

पहिले नै विभागले दिएको बुकिङ तथा टोकन समेत अहिले विभागले स्थगित गरेको छ । अवस्था सामान्य हुँदै गएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा दिन थाल्ने जनाएको छ ।

विदेशमा उपचार गर्न जाने तथा अत्यन्त जरुरी काम परेको अवस्थामा भने इमेलमार्फत अनलाइन भरेको फारम, आवश्यक प्रमाण र कारणसहित अनुरोध गर्न सकिनेछ ।

विभागले सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृति भएका निवेदन बारे जानकारी गराउने छ । निवेदन स्वीकृति भएमा इमेल प्रिन्ट गरी तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न सकिन्छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय