Google search engine

जोर्डन सेना र तस्करबीच गोलाबारी, २७ जनाको मृत्यु

१४ माघ २०७८, काठमाडौं
जोर्डनमा सेना र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा २७ जनाको मृत्यु भएको छ ।

सिरियाबाट आएका लागुऔषध तस्कर नियन्त्रणका लागि सेनाले जवाफी कारवाही गर्दा ती तस्करको मृत्यु भएको हो । सेनाले भारी हिमपातमा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

लागूऔषधको तस्करी वा जोर्डनको सीमामा प्रवेश गर्ने कुनै पनि प्रयासलाई विफल पार्ने सेनाले यस अघिदेखि नै बताउँदै आएको छ । गोलीबारी भएपछि ती तस्करमध्ये केही सिरियातर्फ भागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनापछि सो क्षेत्रमा ठूलो मात्रामा लागूऔषध फेला पारेको सेनाले दावी गरेको छ

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय