१३ माघ २०७८, काठमाडौं
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।
निवासबाट कार्यालय जाँदै गर्दा बिहीबार बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको आयोगले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
आक्रमणबाट गाडीको पछाडिको भागको सीसा फुटेको छ । उक्त आक्रमणको घटनाको आयोगले विरोध जनाउँदै संलग्नमाथि कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ । साथै उक्त कार्यमा संलग्न व्यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’