Google search engine

स्पेसएक्सले पठाएको रकेट चन्द्रमामा ठोक्किने वैज्ञानिकहको दावी

१३ माघ २०७८, काठमाडौं
अन्तरिक्षको क्षेत्रमा काम गर्दै आएका विश्वप्रसिद्ध उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ । रकेट आउँदो मार्च ४ मा चन्द्रमामा ठोक्किने र लगत्तै बिस्फोट हुने खगोलविद्हरुले बताएका छन् ।

फाल्कन नाइन बुस्टर नामको यो रकेट सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । अभियान पूरा भएपछि पृथ्वीमा फर्कनु पर्नेमा पर्याप्त इन्धन नभएपछि चन्द्रमातर्फ सोझिएको वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिका के हार्वर्ड–स्मिथसोनियन सेन्टरका खगोलविद् प्राध्यापक जोनाथन म्याकडावेलले बीबीसीसँग कुरा गर्दै चन्द्रमासँग ठोक्किने यो पहिलो रकेट हुने बताएका छन् । तर, यसको प्रभाव भने न्यून हुने उनको भनाइ छ ।

म्याकडावेलले पछिल्लो दशक अन्तरिक्षमा पचास वटा यस्ता ठूला वस्तु हराएको भन्दै चन्द्रमामा ठोक्किएको हुन सक्ने भए पनि स्पष्ट जानकारी भएको यो पहिलो घटना हुने बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine