Google search engine

दार्चुलामा भारी हिमपात, जनजीवन कष्टकर

१३ माघ २०७८, दार्चुला
दार्चुलाको हिमाली क्षेत्रमा गत बिहीबारदेखि भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको अपी हिमालका स्थानीय पोखरसिंह रोकायले जानकारी दिनुभयो।

चिसोले घर बाहिर निस्कन सक्ने अवस्था छैन, उहाँले भन्नुभयो, एक सातायता बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबै आगोको सहारामा दैनिकी बिताइरहेका छौँ।’ हिमपात रोकिएर घाम लागेपछि दैनिकी सहज बनेको छ।

मात्रै जनजीवन सहज बन्दै जाने स्थानीयले बताएका छन्। धेरै दिनदेखि पारिलो घाम नपरेका कारण चिसो ह्वात्तै बढेको छ। दार्चुलाको अपी हिमाल र व्यास गाउँपालिकामा गत बिहीबारदेखि नै भारी हिमपात भएको स्थानीयले बताएका छन्।

मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका लगायत स्थानीय तहमा समेत उच्च लेकाली भेगमा भारी हिमपात भएको नौगाडका स्थानीय रमेश धामीले जानकारी दिनुभयो।

हिमपातका कारण मानिसको दैनिकी प्रभावित भएको छ। वर्षा र हिमपातपछि किसान खुसी भएका छन्। यो वर्ष पटकपटक वर्षा र हिमपात भएको कारण हिउँदे खेतीका लागि राम्रो भएको कृषक प्रमेश धामीले बताउनुभयो।

घाम नपरेको कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा अवरुद्ध भएको छ। दार्चुलामा सञ्चालित अधिकांश टेलिकमका टावर सौर्य ऊर्जाबाट सञ्चालित भएकोले घाम नपर्दा सेवा प्रभावित भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले बताउनुभयो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय