१३ माघ २०७८
यूक्रेन र रुसबीच पूर्वी सीमामा जारी तनावका बीच एक राहतको खबर आएको छ । बुधबार पेरिसमा भएको ८ घन्टा लामो बैठकमा सबै पक्षले युद्धविराम गर्नेबारे सहमती गरेका छन् ।
यसबाहेक यूक्रेन र रुस सन् २०१९ पछि पहिलो पटक यूक्रेनी सुरक्षा गार्ड र पृथकतावादीबीच चलिरहेको संघर्षको बारेमा फ्रान्स र जर्मनीसँग एक संयुक्त बयान जारी गर्न सहमत भएका थिए ।
बिना शर्त सहमतीः
संयुक्त बयानमा भनिएको छ, ‘दुबै पक्ष बिना शर्त युद्धविरामका लागि सहमत भएका छन् । यसबाहेक दुई सातापछि बर्लिनमा यस मुद्दाबारे एक बैठक आयोजना हुनेछ ।’
फ्रान्सले यो फैसलाको स्वागत गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंका एक सहयोगीले भनेका छन् ,‘लगातार बढिरहेको तनावबीच अन्त्यमा एउटा सकारात्मक समाचार बाहिरिएको छ ।’