Google search engine

नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ

१३ माघ २०७८, काठमाडौं
महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका(१ घर भई सातदोबाटो बस्‍ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन्।

प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेजबाट २१ कार्टुन ९३०२४ थान मास्क० बरामद, ६५ बट्टा ९११७० थान मास्क०, वानसेट सप्लायर्सबाट ८ कार्टुन ९१९२० थान मास्क० बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहिँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात् सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय