Google search engine

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

३ माघ २०७८, काठमाडौं
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो ।

पिसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनुभयो । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहनुहुने उहाँले जानकारी दिनुभयो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय