Google search engine

मनाङ आहा रारा गोल्डकपको फाइनलमा

१३ माघ २०७८, काठमाडौं
त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज बिहीवार भएको खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

हिजो बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय