Google search engine

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

१२ माघ २०७८, बैतडी
सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ ।

पछिल्लो समय कोरोना भाइसको संक्रमण बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित भएको जनाएको छ ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले माघ १६ गतेदेखि सुरु हुन लागेका स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक देवसिंह नाथले बताउनुभयो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय