Google search engine

कोरोना संक्रमित कर्मचारीले बढीमा सात दिन बिदा पाउने

१२ माघ २०७८, काठमाडौं
सरकारले कोरोना संक्रमण भएका कर्मचारीलाई दिईदै आएको बिदा कटौती गर्दै नयाँ व्यवस्था लागू गरेको छ । गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण भएका कर्मचारीका लागि नयाँ नियम लागू गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गदै बिदा कटैतिको जानकारी दिएको छ । मन्त्रालयले पुस ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय कार्यान्वयनका लागि गरेको परिपत्रमा कोरोना संक्रमित भएका बिरामीले बढीमा सात दिन बिदा पाउने जनाइएको छ ।

निर्णयअनुसर अस्पताल भर्ना हुनुपरेको अवस्थामा डिस्टार्ज भएको मितिले तीन दिनसम्म मात्रै कर्मचारीले बिदा पाउनेछन् । होम आइसोलेसनमा बसेकाले सात दिन र कन्ट्याक्ट ट्रेसिङमा परेकाको हकमा भने सम्बन्धित सुपरिबेक्षणको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिन बिदा पाउने मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखा प्रमुख दशरथराम ओडले जानकारी दिनुभयो ।
दोहोर्याएर कोरोना संक्रमण भएका कर्मचारीको हकमा पनि यही नियम लागू हुने उहाँले बताउनुभयो । ‘कोरोना संक्रमण पुष्टि भएको रिपोर्टको आधारमा कर्मचारीलाई जुनसुकै बेला पनि यही नियम लागू हुन्छ, एक चोटी मात्रै बिदा पाउने भन्ने छैन’ ओडले बताउनुभयो।

यसअघिको नियममा कोरोना संक्रमित कर्मचारीले बढीमा १४ दिनसम्म्म बिदा पाउने व्यवस्था थियो ।अहिले नेपालमा फैलिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को असर कम र संक्रमित व्यक्ति चाँडै निको हुने देखिएकाले नयाँ नियम लागू भएको ओड बताउनुहुन्छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय