१२ माघ २०७८, काठमाडौं
मोरिससविरुद्धको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । तर यसपटक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई खेलका लागि कुल ३५ खेलाडीलाई नै टिममा राखेका छन ।
मोरिसससँगको खेलका लागि पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिषणमा बोलाएकोमा तीन खेलाडी यसअघि नै विभिन्न कारणले टिम बाहिर भएका थिए । तर त्यसपछि क्याम्पमा रहेका ३४ र माल्दिभ्सबाट ब्यवसायीक फुटबल खेलेर आजै नेपाल पुग्ने किरण चेम्जोङलाई पनि टिममा राखेका छन ।
शनिबार हुने पहिलो मैत्रीपुर्ण खेलका लागि अब्दुल्लाहले २३ खेलाडीलाई टिममा राखेका छन । जसमा जगजित श्रेष्ठ र बिमल घर्तिमगरलले कमब्याक गरेका छन भने क्रितिस रत्न छुन्जु र आकाश बुढामगरले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन ।
पहिलो मैत्रीपुर्ण खेलका लागि नेपाली टिम
किरण कुमार लिम्बु, दिप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्रितिस रत्न छुन्जु, जगजित श्रेष्ठ
यस्तै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दोस्रो खेलका लागि तयार पारेको २३ खेलाडीको सूचीमा पहिलो खेलका लागि राखिएको टिमबाट नौ खेलाडी परिवर्तन गरिएको छ ।
जसमा विशाल श्रेष्ठ, सत्रुघन चौधरी, नविन गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङलाई राखिएको छ भने सुदिप गुरुङ, विशाल राई, सुवास गुरुङलाई बाहिर राखिएको छ ।
दोस्रो खेलका लागि प्रशान्त अवस्थी, सुशिल राई, आशिष राईले पहिलो पटक टिममा मौका पाएका छन ।
दोस्रो मैत्रीपुर्ण खेलका लागि नेपाली टिम
किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, सुमन अर्याल, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ छन ।
नेपालले मोरिसससँग माघ १५ र १८ गते दुई वटा मैत्रीपुर्ण खेल खेल्दैछ । जसका लागि मोरिसस टिम नेपाल पुगिसकेको छ । दुबै खेलका लागि नेपाली टिमका कप्तान किरण चेम्जोङपनि आजै नेपाल पुग्दैछन ।
नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि पहिलो पटक अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यसका साथै अफ्रिकी मुलुकसँगपनि पहिलो पटक नै खेल्न लागेको हो ।