Google search engine

युक्रेनमा आक्रमण गरे पुटिनमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

१२ माघ २०७८, काठमाडौं
रुसले छिमेकी देश युक्रेनमा थप आक्रामक कदम चाले त्यसले विश्वमा असाधारण परिणाम निम्त्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा रुसले हातहतियारसहित सैनिक तैनाथ गरेको छ । सीमामा झण्डै एक लाख सेना तैनाथ रहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना पठाउने कुनै योजना नभएको तर रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने चेतावनी दिनुभएको छ ।

यसअघि पश्चिमा देशले युक्रेनमा हमला भए रुसले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । उनीहरुको चेतावनी लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको भनाई बाहिर आएको हो । तर रुसले तनाव बढाउन अमेरिका र अन्य शक्तिले भूमिका खेलेको टिप्पणी गरेको छ । साथै युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको दोहोर्‍याउँदै आएको छ ।

युरोपसँग नजिकिएको युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो०मा आबद्ध हुने तयारीपछि विवाद बढेको छ । युक्रेन नाटोको सदस्य बने आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न हुने रुसको बुझाइ छ । अमेरिका, बेलायतलगायत नाटोका सदस्य देशले युक्रेनलाई हतियार उपलब्ध गराएका छन् । त्यस्तै, प्रतिरक्षाका लागि सैन्य बल पठाउने बेलायतीले जनाएको छ । अमेरिका, बेलायत र युरोपेली संघले सन् २०१४ देखि नै रुसमाथि ऊर्जा तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाउँदै आएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय