Google search engine

बैंकको निक्षेपमा १३ अर्बले गिरावट

१२ माघ २०७८, काठमाडौं

पुस महिनामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघ लागेसँगै घटेको छ । माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब रुपैयाँ घटेको हो ।

नेपाल बैंकर्स संघका अनुसार माघ लागेसँगै एक सातामा १३ अर्ब २२ करोडले निक्षेप घटेको हो ।

संघका अनुसार गत पुस २३ देखि ३० गतेसम्म २७ वाणिज्य बैंकहरुले अधिकतम १७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब २४ अर्ब संकलन गरेको पछिल्लो साता १३ अर्बले निक्षेप गुमाउँदै ४३ खर्ब ११ अर्बमा सीमित भएको छ ।

पुसमा कर तिर्ने समय भएर पनि निक्षेपमा कुनै असर परेको थिएन । तर, माघको पहिलो सातामै ठूलो मात्रामा निक्षेप घटेपछि बैंकहरूमा तरलता व्यवस्थापनमा थप चाप पर्न थालेको हो ।

समीक्षा अवधि नेपाल आयाल निगम, नेपाल विद्युत् प्राधिकरणजस्ता ठूला निक्षेपकर्ताले आफ्नो खातामा भएको रकम झिकेका छन् । आयल निगमले विभिन्न बैंकमा रहेको खाताबाट १६ अर्ब रुपैयाँ झिकेको छ । त्यसको असरले निक्षेप घट्न गएको नेपाल बैंकर्स संघले जनाएको छ ।

त्यसैगरी, विद्युत् प्राधिकरणजस्ता अन्य संस्थाले पनि ठूलो मात्रामा रकम झिक्दा निक्षेपमा कमी आएको संघको भनाइ छ ।

गत साता बैंकहरुले कर्जातर्फ भने एक अर्बले वृद्धि गरेका छन् । गत सातासम्म बैंकहरुले ४१ खर्ब ४४ अर्ब लगानी गरेका छन् । पुसको अन्तिम साता बैंकहरुले ४१ खर्ब ४३ अर्ब लगानी गरेका थिए ।

विगतका वर्षहरुमा आर्थिक वर्षको मध्यान्तरमा तरलता बढ्ने गरेपनि यस वर्ष भने अभाव कायमै रहेको बैंकहरुले जनाएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय