Google search engine

माधवनारायण मेला : खोपको पूर्ण मात्रा लगाएकाले मात्र व्रत बस्न पाउने

पुस २९ गते
काठमाडौं / कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै देशभर कोरोना संक्रमण बढेपछि सांखुमा श्री माधवनारायण मेला नित्य पूजामा सीमित हुने भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने व्यवस्था मिलाइनेछ।

कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने समितिले जनाएको छ। भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी व्यवस्थापन गर्ने तयारी भइरहेको छ। मेलाको बेला मास्क र स्यानिटाइजर वितरण गरिनेछ समितिले जनाएको छ।

शालिनदीमा श्री माधवनारायण भगवानको एकमहिने व्रत बस्न साँखु आउने व्रतालुको बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको बताइएको छ। व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भए/ नभएको यकिन गर्न एक्स–रे लिने व्यवस्था गरिएको छ। आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्थासमेत समितिले नै गर्ने भएको छ।

यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुँदैछ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय