पुस २९ गते
काठमाडौं / सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहान काठमाण्डौको धोबीखोला करिडोरको अनुगमन गर्नुभएको छ ।
मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाण्डौ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ ।
अवलोकनपछि मन्त्री झाँक्रीले काठमाण्डौ उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । सरोकारवाला निकायले केही दिनमै धोबीखोला करिडोरमा देखिएका समस्या समाधान गर्ने जनाएको छ ।