Google search engine

टोटनह्यामलाई हराउँदै चेल्सी लिग कप फुटबलको फाइनलमा

पुस २९ गते/ काठमाडौं
टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इंग्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति टोटनह्यामको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा चेल्सी १–० ले विजयी भयो । उसका लागि जर्मन डिफेन्डर एन्टोनियो रुडिगरले निर्णायक गोल गरे । पहिलो लेगमा २–० ले विजयी भएको चेल्सी गएरातिको जितसँगै समग्रमा ३–० को परिणामसहित फाइनलमा पुगेको हो ।


उता इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेड चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा नरिच सटीलाई २–० ले हराउँदै वेष्ट ह्यामले तालिकामा चौथो स्थानको आर्सनललाई प्रतिस्थापन गरेको हो । वेष्ट ह्यामको जितमा दुबै गोल इंग्लिस स्ट्राइकर ज्यारोड बोवेनले गरे ।

जितसँगै वेष्ट ह्याम युनाइटेडले लिगमा २१ खेलबाट ३७ अंक जोडेको छ । २० खेलबाट ३५ अंक जोडेको आर्सनल पाँचौ स्थानमा झरेको हो । शिर्ष स्थानको म्यान्चेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय