Google search engine

प्रधानमन्त्री कप टी २० क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

पुस २९ गते/ काठमाडौं
राजधानीमा जारी प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा सदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली प्रदेश माथि ४७ रनको जित दर्ता गर्दै समूह बी मा २ अंक जोड्न सफल भयो । पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सदुरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १९.१ ओभरमा सबै विकेट गुमाएर १०६ रनमा रोकिन पुग्यो ।

कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाउँदा अर्जुन घर्तिले ३० रनको योगदान गरे । अन्य ब्याटरहरुले सम्झन लायक प्रदर्शन गर्न असफल रहे ।

कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ विकेट लिँदा हेमन्त डाँगीले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

उसका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा बसन्त कार्कीले २८ तथा दीपक बोहोराले २५ रनको योगदान गरे । यस्तै खडक बोहोराको ब्याटबाट २२ रन बनेको थियो ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय