Google search engine

भारतमा एकै दिन २ लाख ४७ हजार कोरोना संक्रमित, ओमिक्रोन संक्रमित पनि ५ हजार नाघ्यो

पुस २९ गते/
भारतमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ३ सय ८० जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण हालसम्म भारतमा कुल मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार ८२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा ३ करोड ४७ लाख १५ हजार ३ सय ६१ पुगेका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ । दैनिक संक्रमण दर १३.११ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६२० जना नयाँ ओमिक्रोन संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ५ हजार ४ सय ८८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा सबैभन्दा धेरै ओमिक्रोन संक्रमितहरू ९१ हजार ३ सय ६७०, त्यसपछि राजस्थानमा ९७ सय ९२०, दिल्लीमा ९५ सय ४९०, केरलामा ९४ सय ८६० र कर्नाटकमा ९४ सय ७९० भेटिएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine